Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा श्रीमान पक्राउ

    आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    रौतहट। ईलाका प्रहरी कार्यालय चपुरले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा श्रीमानलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका-४ चपुर चोक बस्ने ४२ वर्षीय पुरुष रहेका छन् ।



    प्रहरीका अनुसार शनिबार साँझ ती पुरुषले आफ्नै ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेका हुन् । घरायसी झै-झगडा हुँदा आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।



    एसिड प्रहारबाट घाइते भएकी महिलाको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार