Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने सरकारको निर्णय

कास्की। गण्डकी प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाएको छ । सुविधा लिनेमा प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पहिलो पूर्वमुख्यमन्त्री बन्नेछन्। गत बिहीबार संसदमा विश्वासको मत पाउन नसकेपछि उनको सरकार ढलेको थियो।

यस्तै आज बसेको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकेको छ । बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रवक्ता खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077