Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गण्डकीको सरकार ढल्नुमा केपी ओली नै दोषी रहेको पृथ्वीसुब्बाको ठहर

कास्की। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो नेतृत्वको सरकार ढल्नुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली नै दोषी रहेको बताएका छन्।

आज सरकारी निवास छोड्नु अघिको पत्रकार सम्मेलनमा पूर्वमुख्यमन्त्री गुरुङले आफ्नो सरकार ढल्नुमा ओली पनि दोषी रहेको बताएका हुन् ।

‘सबै कारण नै ओली हुन त भन्न मिल्दैन। तर, उहाँका पनि कारण चाहिँ हो,’ गुरुङले भने, ‘नेपालमा दुई तिहाईको सरकार सफल हुन नदिने योजना अनुसारको नै काम भइरहेको छ। नेपाली कांग्रेसको दुई तिहाईको सरकाको हालत हेर्नुस् र अहिले नेकपाको सरकारको हालत हेर्नुस्।’

यस्तै, गुरुङले मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेका कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारलाई प्रतिपक्षी दलको नेताका रुपमा सकारात्मक कामका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।

‘यो सरकार राम्रोसँग चलोस्, लामो समय चलोस्। तर, गठबन्धन सरकारको भविष्य लामो नहुने विगतका उदाहरणले देखाएका छन् । अझ यो सरकार त पदका लागि पूर्व, पश्चिम उत्तर, दक्षिणका दल मिलेर बनेको गठबन्धनको भरमा छ,’ गुरुङले भने, ‘केही तलमाथि हुने बित्तिकै झगडा हुन्छ। त्यसैले अहिले गठबन्धन लामो टिक्ने खालको लाग्दैन, तर लामो समय चलोस् भन्ने चाहना छ।’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077