Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ज्ञानेन्द्र शाहीले नै मदिरा सेवन गरेर गाउँलेमाथि कुटपिट गरेको आरोप, प्रशासनमा उजुरी

    ज्ञानेन्द्र शाहीले नै मदिरा सेवन गरेर गाउँलेमाथि कुटपिट गरेको आरोप, प्रशासनमा उजुरी

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 4.7K
    SHARES

    सुर्खेत । आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेको बताएका बेला वीरेन्द्रनगरका स्थानीय भने शाहीमाथि नै कारबाही माग गर्दै प्रहरीकहाँ पुगेका छन् ।

    वीरेन्द्रनगर नगरपालिका–१३, कर्रेखोलाका स्थानीयबासीले शाहीको समूहले मदिरा सेवन गरेर गाउँलेमाथि कुटपिट गरेको भन्दै उनीसहित ११ जनाको टोलीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय, सुर्खेत बाहिर धर्नामा बसेका हुन् ।



    निषेधाज्ञा र महामारीमा मापसे गरेर हिँडेका उनीहरुलाई प्रहरीले मापसे चेक नगरी राती नै छाडिदिएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।



    शुक्रबार ११ बजेदेखि मध्यरात २ बजेसम्म सदरमुकाम नजिकै झडप भएको थियो । झडपका क्रममा शाहीकै समूहले मदिरा सेवन गरेर गाउँलेमाथि हातपात गर्दै स्थानीय मजदुर नवराज गिरीलाई घाइते बनाएको उनीहरुको आरोप छ ।

    यता, शाहीले भने आफूहरु राहत बाँडेर फर्कंदै गर्दा हातपात भएको बताइरहे पनि स्थानीय कसैले राहत नपाएको गाउँलेहरुले बताएका छन् । मध्यरातमा मदिरा सेवन गरेर होहल्ला गर्दै आएको समूहमध्येका मोटरसाइकलमा सवार दुई जनाले गिरीमाथि ढुङ्गा प्रहार गरेको र पछाडि गाडीमा रहेकाहरुले पनि उनलाई कुटपिट गरेको स्थानीयको आरोप छ ।

    मोटरसाइकल तथा गाडीमा रहेका सबैले मदिरा सेवन गरेको गाउँलेको आरोप छ । शाहीले ‘म ज्ञानेन्द्र शाही हुँ, मलाई कसले के गर्छ ?’ भन्दै हातपात गरेपछि आफुहरुले प्रतिकार गरेको स्थानीयले बताएका छन् । यसअघि शाहीमाथि चितवनमा पनि वाइसिएलका कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार