लुम्बिनीमा जसपाबारे सचिवालय नै स्पष्ट नभएको मुख्यमन्त्रीको दाबी

लुम्बिनीमा जसपाबारे सचिवालय नै स्पष्ट नभएको मुख्यमन्त्रीको दाबी

अनलाइन नेपाल
  • आइतबार, जेष्ठ ३० २०७८

  • 1.5K
    SHARES

    लुम्बिनीमा जसपाबारे सचिवालय नै स्पष्ट नभएको मुख्यमन्त्रीको दाबी

    बुटवल। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो ।

    यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलले आव २०७८-७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बहुमतको निर्णयलाई प्रदेशसभाले स्वीकार नगरेको उल्लेख गर्दै कानून कार्यान्वयनका विषयमा आफ्नो अरुचि नरहेको जनाए ।



    पोखरेलले प्रदेशसभाका सदस्य लोकतन्त्रमा आलोचनाले सही बाटोमा अघि बढ्न निर्देश गर्ने र सही बाटो पत्ता लगाउने विधि छलफल भएको बताए । ‘दलीय प्रणालीमा विश्वास राख्ने हो भने राजनीतिक रुपमा सरकारसँग बहुमत छ,’ मुख्यमन्त्री पोखरेलले भने।

    उनले नेकपा एमालेसँग ३९ र जनता समाजवादी पार्टीसँग छ सदस्य रहेको जानकारी दिँदै जनता समाजवादी पार्टीका विषयमा प्रदेशसभा सचिवालय नै स्पष्ट नभएको आरोप लगाए ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार