Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • निषेधाज्ञा उल्लंघन गर्ने १,९६८ वटा सवारी साधन प्रहरीको कारवाहीमा

    निषेधाज्ञा उल्लंघन गर्ने १,९६८ वटा सवारी साधन प्रहरीको कारवाहीमा

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 1.7K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९ सय ६८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ५५ वटा गाडी र १ हजार ३ सय १३ वटा मोटरसाइकल रहेका छन् ।

    नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीको भनाइ छ । साथै, नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ सय ६५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५५ हजार ७ सय ७४ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।



    प्रहरीका अनुसार कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ५ सय २८ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ५३ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ४ हजार ३ सय १७ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।



    साथै, देशभर सञ्चालित ७२ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ६ हजार ५ सय ३० जनालाई सचेत गराइएको छ ।

    निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार