Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जी-७ का देशहरुद्वारा हङकङ, ताइवानदेखी शिन्जियाङमा एकतर्फी निर्णय नगर्न चीनलाई चेतावनी

    जी-७ का देशहरुद्वारा हङकङ, ताइवानदेखी शिन्जियाङमा एकतर्फी निर्णय नगर्न चीनलाई चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 2.1K
    SHARES

    एजेन्सी। ब्रिटेनमा धनी राष्ट्रहरूको समूह जी-७  बैठकको क्रममा यसका नेताहरूले चीनलाई  शिन्जियाङ क्षेत्रमा मानवअधिकारको सम्मान गर्न र हङकङलाई बढी स्वायत्तता दिन आग्रह गरेका छन्।

    ‘पूर्वी र दक्षिण चीन सागर’ मा पनि एकपक्षीय कारवाही गर्नबाट रोक्न चीनलाई आग्रह गरेका छन् ।



    समाचार एजेन्सी रोयटर्सले जी-७  का देशहरूले चीनमा यो बयान जारी गर्नका लागि साझा घोषणापत्र तयार भइसकेको उल्लेख गर्‍यो ।



    पश्चिमी देशहरूले  शिन्जियाङ क्षेत्रमा बसोबास गर्ने वेइगर मुसलमानहरूको मानव अधिकारको सवालमा लामो समयदेखि चीनको आलोचना गरिरहेका छन्।

    सन् १९९१ मा सोभियत संघको विघटन पछि हालको समयको सबैभन्दा ठूलो भूराजनीतिक घटनाहरूमध्ये एक विश्वव्यापी शक्तिको रूपमा चीनको उदय हो।

    अमेरिका चीनको उदयबाट व्याकुल छ। राष्ट्रपति जो बाइडेनले चीन उनको मुख्य प्रतिस्पर्धी रहेको स्वीकारेका छन् ।

    जी-७ का देशहरूले  हङकङको स्वायत्तताको लागि चीन र बेलायतको संयुक्त घोषणालाई पनि उल्लेख गरेका छन् ।

    तर, जी-७ का देशहरूको यो आलोचना अगाडि आउनु भन्दा पहिले चीनले स्पष्टतः  ती दिनहरू थोरै मात्र बाँचे जब केवल मुठीभर देशहरूले विश्वको भाग्य बनाउँथे भनेर चेतावनी दिएको छ। ।

    जी-७ को घोषणामा ताइवान जलसञ्चलको क्षेत्रमा स्थायित्व र शान्तिको महत्त्वलाई पनि जोड दिइएको छ। (बिबिसी हिन्दीको सहयोगमा )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार