Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • यूरोकप फुटबल : इंग्ल्यान्डद्वारा क्रोएसिया १–० गोल अन्तरले पराजीत

    यूरोकप फुटबल : इंग्ल्यान्डद्वारा क्रोएसिया १–० गोल अन्तरले पराजीत

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 1.7K
    SHARES

    काठमाडौं।  युरोकप फुटबलमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । लण्डनमा आइतबार भएको खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो ।

    वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले एकमात्र निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गरे । उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन् ।



    त्यसअघि पहिलो हाफको छैटौं मिनेटमा फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किदा इंग्ल्यान्ड अग्रता बनाउन चुकेको थियो । क्रोएसियाले पनि केहि गोलको अवसर पाएको थियो । तर, सदुपयोग गर्न नसक्दा क्रोएसियाले हारबाट प्रतियोगिताको सुरुवात गर्नु परेको छ ।



    यस जितसँगै समूह ‘डी’ को इंग्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । विश्वकप उपविजेता समेत रहेको क्रोएसिया समूहको पुछारमा रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार