Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कोपा अमेरिका फुटबल : नेइमारको गोलमा ब्राजिल विजयी

    कोपा अमेरिका फुटबल : नेइमारको गोलमा ब्राजिल विजयी

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 2K
    SHARES

    एजेन्सी । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले नेइमारको गोलको मद्दतमा जित हासिल गरेको छ ।

    आज बिहान भएको खेलमा समूह बी मा रहेको ब्राजिलले भेनेजुएलालाई ३–० गोलले पराजित गरेको हो ।



    एक दिन अघि टिमका १२ खेलाडी तथा प्रशिक्षण अधिकारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि समस्यामा रहेको भेनेजुएला कमजोर देखियो ।



    घरेलु टोली ब्राजिलका लागि खेलको २३ औँ मिनेटमा मार्क्वीन्होसले गोल गरे । खेलको ६४ औँ मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । खेलको ८९ औँ मिनेटमा नेइमारको सहयोगमा गाब्रिएल बार्बोसा अल्मेइदाले गोल गरेपछि ब्राजिल ३–० ले विजयी भयो ।

    साबिक विजेता ब्राजिलले उपाधि रक्षाको यात्रा सहज जितका साथ गरेको हो । ब्राजिलले नौ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । पछिल्लो पटक ब्राजिलले १२ वर्षपछि सन् २०१९ मा उपाधि जितेको थियो ।

    समूह बी मा ब्राजिलसँगै कोलम्बिया, इक्वेडर र पेरु छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार