Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • इजरायली प्रधानमन्त्रीबाट नेतान्याहु पदमुक्त

    इजरायली प्रधानमन्त्रीबाट नेतान्याहु पदमुक्त

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । इजरायलको सत्ताबाट बेन्जामिन नेतान्याहु बाहिरिएका छन् ।

    इजरायली संसदमा नयाँ गठबन्धन सरकारको पक्षमा बहुमत पुगेसँगै १२ वर्षदेखि लगातार प्रधानमन्त्री रहेका नेतान्याहु सत्ताबाट बाहिरिएका हुन् ।



    एक सय २० सदस्यीय संसदमा आफूसहित ६१ प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बनेका छन् । नेतान्याहुले ५९ मत प्राप्त गरे ।



    पाँच पटक इजरायलको प्रधानमन्त्री बनेका नेतान्याहु पछिल्लो पटक सन् २००९ देखि लगातार प्रधानमन्त्री थिए ।

    विपक्षी गठबन्धनको सहमतिअनुसार दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट र येश यटिड पार्टीका नेता येर लेपिडले आलोपालो सरकारको नेतृत्व गर्नेछन् । बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्ने छन् ।

    मध्यमार्गी येश एटिड पार्टीका नेता लेपिडले सन् २०२३ को अगस्टदेखि सरकारको नेतृत्व गर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार