Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पूर्वप्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पताल भर्ना

    पूर्वप्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पताल भर्ना

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 3K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका नेता झलनाथ खनाललाई नर्भिक अस्पताल भर्ना गरिएको छ ।

    स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । ज्वरो आउनुका साथै रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको हो ।



    खनाल यसअघि कोरोना भाइरसबाट संक्रमित भएका थिए । कोरोनामुक्त भएपछि उनी घरमा आराम गरिरहेका थिए। खनालको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार