Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • ४ महिनादेखि तलब नपाएपछि नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

    ४ महिनादेखि तलब नपाएपछि नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    बाँके। जिल्लाको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

    आज बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले विगत चार महिनादेखि तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन्।



    उनीहरुले व्यवस्थापन पक्षले नियमित तलब, कोभिडको जोखिम भत्तालगायतका सुविधाहरुबाट आफूहरु बन्चित भएको भन्दै आफूहरुले छिटो भन्दा छिटो तलब भत्तालगायतका सुविधा नपाए चरणबद्द आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।



    असार २ गतेभित्र व्यवस्थापन पक्षले तलब भत्तालगायतका हाम्रा माग पूरा नगरे कानुनी प्रक्रिया पूरा गरेर चरणबद्ध आन्दोलन गर्छौं’कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले भने। उनका अनुसार कर्मचारीहरुले फागुनयताको तलब भत्ता नपाएपछि आन्दोलित हुनुपरेको हो ।

    यस्तै, कर्मचारी संगठनकी महासचिव रत्ना गिरीले कोभिडको समयमा काम गरेका डाक्टर, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतले तलब नपाएको बताइन् । ‘कोभिडमा ड्युटी गर्नुपर्छ, घर नजानुस्’ भनेर काम लगाएको व्यवस्थापन पक्षले अहिले तलब भत्ता नदिंदा कर्मचारीहरु मर्कामा परेको उनले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार