Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • युरोकप फुटबलमा आज तीन खेल हुँदै, यस्तो छ खेल तालिका

    युरोकप फुटबलमा आज तीन खेल हुँदै, यस्तो छ खेल तालिका

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 2K
    SHARES

    एजेन्सी । जारी युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछ  । आज समूह ‘डी’ को एक खेल र समूह ‘ई’ को दुई खेलहरु हुनेछन् ।

    आज हुने पहिलो खेलमा समूह ‘डी’ को स्कटल्याण्ड र चेक रिपब्लिकबीच साँझ ६:४५ बजे प्रतिस्पर्धा हुनेछ ।



    घरेलु मैदानमा स्कटल्याण्ड जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । तर, बलियो टिम चेक रिपब्लिकविरुद्ध जित निकाल्न स्कटल्याण्डलाई सहज भने हुने छैन ।



    यस्तै, आजै हुने दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया भिड्ने छन् । समूह ‘ई’ मा रहेका पोल्याण्ड र स्लोभाकियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

    यसैगरी, आज हुने तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । युरोपियन फुटबलमा दुई पावरहाउस टोलिबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ।

    समूह ‘ई’ मा रहेका स्पेन र पोल्याण्डबीचको खेल सेभियामा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार