Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेनद्वारा इजरायली प्रधानमन्त्री बेनेटलाई बधाई

    अमेरिकी राष्ट्रपति बाइडेनद्वारा इजरायली प्रधानमन्त्री बेनेटलाई बधाई

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 3K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफतली बेनेटलाई बधाई दिएका छन् ।

    आइतबार अमेरिकी राष्ट्रपति बाइडेनले फोन गरेर प्रधानमन्त्री बेनेटलाई बधाई ज्ञापन गरेको बताइएको छ ।



    इजरायलमा नाफतली बेनेट आइतबार मात्र प्रधानमन्त्री नियुक्त भएका थिए । उनले आइतबार राति नै प्रधानमन्त्री पदको सपथ लिएको बताइएको छ । इजरायलका प्रधानमन्त्री बेनेटले सपथ लिएको दुई घन्टापछि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई फोन गरेर बधाई दिएको बताइएको छ।



    त्यस फोनवार्ताका क्रममा अमेरिकाले आगामी दिनमा पनि विगतमा जस्तै इजरायलसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको इजरायलभन्दा नजिक अर्काे कुनै पनि देश नरहेको बताएको समाचारमा जनाइएको छ ।

    इजरायलमा लामो समयदेखि प्रधानमन्त्रीका रुपमा सेवा गरेका बेन्जामिन नेतान्याहु बाहिरिएपछि आइतबार मात्र बेनेट इजरायलको प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार