Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • होटलमा युरोकप फुटबल हेरेर झगडा गर्ने खेलाडी र संचालक पक्राउ, ४ लाख जरिवाना तिरेर रिहा

    होटलमा युरोकप फुटबल हेरेर झगडा गर्ने खेलाडी र संचालक पक्राउ, ४ लाख जरिवाना तिरेर रिहा

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञामा होटलमा बसेर युरोकप फुटवल हेरेर झगडा गर्ने खेलाडी र होटल संचालकलाई जरिवाना गरेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उपत्यकाको त्रिपुरेश्वरस्थित युनाइटेड विजनेस होटलमा आइतबार विहान ३ बजेतिर झगडा परेको सूचना आएपछि क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटवलरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।



    प्रहरीले होटेलका म्यानेजर आश्विन श्रेष्ठ र ८ जना अन्य व्यक्तिहरूलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएको थियो ।



    सरकारले हालै जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन गर्न बनेको अध्यादेश २०६७८ को दफा २१ को प्रावधान अनुसार उनलाई सीडीओ कालीप्रसाद पराजुलीले जरिवानाको आदेश गरेका हुन् ।

    तर, यहाँ होटलका सञ्चालक मात्र नभएर ग्राहक बनेर उपस्थित भएका खेलाडीहरु पनि जरिवाना तिर्न वाध्य भएका छन् । जसमा होटलका संचालक श्रेष्ठलाई ४ लाख रूपैयाँ र ग्राहकहरुलाई जनही १५-१५ हजार जरिवाना तिराइएको छ ।

    निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जरिवाना तिरेर रिहा हुनेमा क्रोएसियाका खेलाडी विलिम पोसिन्कोविक, अजरबैजानका नुर्लान जाहिद ओग्लु, धादिङ घर भएकी एलिसा मगर, सिन्धुपाल्चोककी सुनि तामाङ, बुढानिलकण्ठका क्षितिज खड्का, सिन्धुपाल्चोकका नविन लामा र दोलखा घर भएका रोहित तामाङ सहित ८ जना छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार