Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आफूलाई डीएसपी हुँ भन्दै हिड्ने नक्कली डीएसपी महाशाखाको फन्दामा

    आफूलाई डीएसपी हुँ भन्दै हिड्ने नक्कली डीएसपी महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 3K
    SHARES

    काठमाडौँ। महानगरीय प्रहरी अपराध महाशाखाले आफूलाई नेपाल प्रहरीको डाक्टर / मेडिकल प्रहरी नायब उपरीक्षक (डीएसपी) भन्दै हिड्ने एकजनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

    पक्राउ पर्नेमा काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका बस्ने ४४ बर्षीय कृष्णप्रसाद ढुंगाना रहेका छन्।



    महाशाखाका अनुसार पक्राउ परेका ढुंगानाले प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा राखेर नपाएको ओहोदा/ पद पाएको भन्दै भ्रम सिर्जना गरेको भन्ने प्राप्त सूचनाको आधारमा खटिएको टोलीले पक्राउ गरेको हो।



    सोमबार महाशाखाको टोलीले उनलाई उनैले संचालन गरेको भिक्टोरिया फार्मेसीबाट पक्राउ गरेर थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    महाशाखाका अनुसार अनुसन्धानबाट खुल्न आएका कुराहरुः-

    १. आफुलाई मेडिकल डाइरेकटर (डा.एस के ढुंगाना )हुँ भन्दै मेडिकल फर्म संचालन गर्दै आएको ।
    २. नेपाल प्रहरीको कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दै आएको ।
    ३. नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षकको यूनिफम लगाएको फोटो आफ्नो फेसबुक प्रोफाइलमा राख्ने गरेको ।

    यस्तै, पक्राउ परेका ढुंगानाको साथबाट बरामद भएका सामानहरु यसप्रकार छन्-

    १. नेपाल प्रहरीको बिभिन्न पदहरूको यूनिफम लगाएका फोटा थान -३
    २. प्रहरी नायब उपरीक्षकको यूनिफम थान-१
    ३. नेपाल प्रहरीको जर्सि थान -१
    ६. मोबाईल सेट थान -१

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार