Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • काठमाडौँमा लुजडाउन : सवारी साधनको लर्को (फोटो फिचर)

    काठमाडौँमा लुजडाउन : सवारी साधनको लर्को (फोटो फिचर)

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 4.3K
    SHARES

    काठमाडौँ। काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ।

    पछिल्लोपटक काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरूको संयुक्त बैठकले निषेधाज्ञालाई केही खुकुलो (लुजडाउन)गरेर असार ७ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका थिए । सो निर्णय आजदेखि कार्यान्वयनमा आएको हो ।



    यद्यपि निषेधाज्ञा केही खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा सवारीको चाप भने अत्याधिक बढेको देख्न सकिन्छ।



    आजदेखि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ भने विकास निर्माणका काममा आवश्यक पर्ने पसललाई अपरान्ह ४ बजेदेखि खुल्न दिने निर्णय भएको छ।

    यसैगरी होटलमा ‘टेक अवे’ सेवालाई निरन्तरता दिने निर्णय भएको थियो। अनलाइन डेलिभरीका लागि होटललाई बिहान ७ बजेदेखि काम गर्न दिइने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार