Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • गाजा क्षेत्रमा इजरायलद्वारा पुनः आक्रमण

    गाजा क्षेत्रमा इजरायलद्वारा पुनः आक्रमण

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2.3K
    SHARES

    एजेन्सी । इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा फेरि आक्रमण गरेको छ ।

    गाजा सहरमा आज बिहानै विस्फोट भएको बीबीसीले जनाएको छ । विस्फोटबाट भएको मानविय क्षतिबारे केही थाहा हुन सकेको छैन ।



    विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच ११ दिन लामो युद्धपछि गत मे २१ मा युद्धविराम भएको थियो ।



    इजरायलले विज्ञप्ति निकालेर हमासले आगो भरिएका बेलुन पठाएर आफूहरुको कम्तीमा २० ठाउँमा आगलागी गराएपछि गाजामा रहेको सैन्य क्षेत्रमा आक्रमण गरेको जानकारी दिएको छ । हिजो हमासले जेरुसलममा कारबाही गर्ने चेतावनी दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार