Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • झलनाथको पार्टी मोह, दिल्ली उड्नुअघि अस्पतालबाट मलिन स्वरमा भने – पार्टी मिलाउनुहोस् !

    झलनाथको पार्टी मोह, दिल्ली उड्नुअघि अस्पतालबाट मलिन स्वरमा भने – पार्टी मिलाउनुहोस् !

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् ।

    थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गरेका थिए ।



    ‘पार्टी मिलाउनुस् कमरेड…’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेकाे महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।



    एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।

    नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार