Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • इण्डोनेसियामा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

    इण्डोनेसियामा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी। इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।
    स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो ।



    भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।



    इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार