Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गण्डकीका मुख्यमन्त्री नेपालीले शुक्रबार विश्वासको मत लिने

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री नेपालीले आगामी शुक्रबार विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

गत शनिबार मुख्यमन्त्री नियुक्त भएका नेपालीले विश्वासको मत लिने प्रस्ताव मंगलबार दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान छ ।

५९ प्रदेशसभा सदस्य छन् । विश्वासको मत प्राप्त गर्न ३० मत आवश्यक पर्छ । ६० सदस्यीय प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि प्रदेशसभा सदस्यको संख्या ५९ भएको हो ।

सरकारमा अहिले कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077