Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

    अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । दुई देशबिच जारी मतभेद र तनाव अन्त्यका लागि सो भेटवार्ता महत्वपूर्ण मानिएको छ ।

    अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबिच जेनेभामा भेतवार्ता भएको हो । सन् २०१८ यता दुई देशका नेताबिच भएको यो पहिलो वार्ता हो ।



    मतभेदहरु वार्ताको क्रममा राखिएको अमेरिकी राष्ट्रपति बाइडेनले बताएका छन् । मतभेदहरु अतिशयोक्तिपूर्ण तवरले नराखिएको पनि बाइडेनले बताएका छन् । रुस अर्को शितयुद्धको पक्षमा नरहेको पनि बाइडेनले भेटपछि बताए ।



    रुसी राष्ट्रपति पुटिनले बाइडेन अनुभवी राजनीतिज्ञ रहेको र आफूहरुबिच वार्ताको क्रममा भाषिक समानता रहेको बताए । बाइडेन र पुटिनबिच तीन घण्टा भेटवार्ता भएको हो । बाइडेनले पुटिनलाई कस्टम मेड एभिएटर सनग्लासेज दिएका थिए । पुटिनले बाइडेनलाई कुनै उपहार दिए नदिएको स्पष्ट छैन ।

    बाइडेन र पुटिनको भेटमा परमाणु हतियार नियन्त्रणका सम्बन्धमा वार्ता जारी राख्ने सहमति भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार