Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • चीनको सिनोफार्मसँग ४० लाख डोज खोप किन्ने सरकारको निर्णय

    चीनको सिनोफार्मसँग ४० लाख डोज खोप किन्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ । सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख कोरानाविरुद्धको भेरोसेल खोप खरिद गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले सिनोफार्म कम्पनीसँग खोप गरिद गर्ने निर्णय गरेको हो।

    सिनोफार्म कम्पनीले नेपाललाई खोप उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएपछि सरकारले उक्त कम्पनीसँग खोप खरिद गर्ने निर्णय गरेको हो। लामो कूटनीतिक प्रयासपछि सिनोफार्मले नेपाललाई खोप उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएको हो । त्यसका आधारमा सरकारले त्यो कम्पनीसँग खोप खरिद गर्ने निर्णय गरेको हो।



    तर खोप ‘नन डिस्कोलजर एग्रिमेन्ट’ अन्तर्गत खरीद प्रक्रिया अघि बढाएपछि आशंका उत्पन्न भएको छ। खोपको मात्रा, मूल्य र आपूर्तिको समयसीमाबारे खोप खरिद प्रक्रियामा संलग्न सरकारी अधिकारीहरुले गोप्य राख्ने प्रयास गरेका छन्। यो खोप खरिद प्रक्रियामा नेपाल र चीन सरकारबीच तथा खोप उत्पादक कम्पनीसँग गरी दुई किसिमको सम्झौता हुँदैछ।



    स्वास्थ्य सेवा विभागका अनुसार यस अघि विभागबाटै खोप खरीदका लागि उक्त कम्पनीलाई जेठ ११ गते पत्र पठाइएको थियो। तर उक्त कम्पनीले खोपको मूल्य गोप्य राख्नुपर्ने शर्त राखेको थियो। दातृ निकायबाट प्राप्त रकम खोप खरिदमा लगानी गर्नुपर्ने बाध्यताका कारण खोपको मूल्यलगायत विषय गोप्य राख्न नमिल्ने अडान लिएका थिए। त्यसपछि सिनोर्फामले कुनै प्रतिक्रिया जनाएको थिएन। खोप खरिदलाई लिएर सरकार चर्को दबाबमा थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार