Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मेलम्ची र हेलम्बुका बाढी पीडितका लागि काठमाडौं महानगरद्वारा २ करोड दिने घोषणा

    मेलम्ची र हेलम्बुका बाढी पीडितका लागि काठमाडौं महानगरद्वारा २ करोड दिने घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 4.6K
    SHARES

    काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

    आज महानगरका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।



    मेयर शाक्यका अनुसार यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् ।



    मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै ३र डुवानमा परेको छ र सयौं मानिस घरबारविहीन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार