Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • युरोकप फुटबल : आज तीन खेल हुँदै

    युरोकप फुटबल : आज तीन खेल हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 2.6K
    SHARES

    एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछ ।

    युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘सी’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ ।



    आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच साँझ ६:४५ बजे सुरु हुनेछ ।



    यस्तै, आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ बेल्जियम र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

    बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० ले हराएको थियो । ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ ।

    यसैगरी, आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ मा रहेका दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार