Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बैठकैपिच्छे पर–पर सर्दैछ काँग्रेस अधिवेशन

    बैठकैपिच्छे पर–पर सर्दैछ काँग्रेस अधिवेशन

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसको अधिवेशन बैठकैपिच्छे पर–पर सरिरहेको छ । काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा बिहीबार बसेको केन्द्रीय समिति बैठकले ६ दिन पर सार्दै साउन १२ गतेदेखि सुरु गर्ने तय गरेको छ ।

    त्यसैगरी पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि सामान्य हेरफेर गरिएको बताइएको छ । काँग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म १४औं महाधिवेशन गर्ने भएपछि तल्ला तहको अधिवेशनका लागि जुटेको हो ।



    महाधिवेशन गर्नका लागि काँग्रेसभित्र क्रियाशील सदस्यता विवाद टुंगो लाग्न सकेको छैन । पार्टीले विवाद मिलाउन असार २० गतेभित्रको समय दिइएको छ । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद समयमै टुङ्ग्याइने बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार