Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मुख्यमन्त्री मनाङमै अड्किंदा विश्वास मत लिने कार्यसूची प्रभावित हुन सक्ने

पोखरा । बाढीको क्षतिको अवलोकनका लागि बिहीबार मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल उतै अड्किएका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत मनाङ पुगेका उनी मौसम खराबीका कारण फर्किन नसकेका हुन्।

पोखरा फर्कने प्रयास भए पनि मौसममा आएको खराबीले हेलिकप्टर उड्न नसकेपछि। हेलिकप्टर पुनः चामे फर्काइएको नेपाली सेनाले जनाएको छ।

मुख्यमन्त्री मनाङमै अड्किएपछि प्रदेश सभामा भोली (शुक्रबार) का लागि तय भएको मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यसूचीमा फेरबदल हुनसक्ने भएको छ। मौसममा सुधार आएर मुख्यमन्त्री शुक्रबार फर्किए सदनको कार्यसूची अघि बढ्ने अन्थया अर्को दिनको कार्यसूचीमा राखिने सरकारका प्रवक्ता कुमार खड्काले जनाएका छन्।

यद्यपी यसबारे प्रदेशसभा सचिवालयले भने कुनै पनि जानकारी गराएको छैन् । तरपनि खड्काले भने मुख्यमन्त्री नभएमा विश्वासको मतसम्बन्धी प्रस्ताव सभामा पेस नहुने बताएका छन् । मुख्यमन्त्री पोखरेल र दिपक मनाङे आज मनाङ गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077