Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मौसम : केही दिन ठूलो पानी पर्ने सम्भावना कम

    मौसम : केही दिन ठूलो पानी पर्ने सम्भावना कम

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असार २०७८
  • 3.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । आज मौसममा केही सुधार भएको छ । मनसुनी प्रणाली नेपाल भित्रिएसँगै देशभर पानी पर्न थालेकोमा आज मौसममा केही सुधार देखिएको हो ।

    अहिले वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा सामान्य पानी परिरहेको छ । बाँकी केही ठाउँमा सामान्य बादल लागेको र केही ठाउँमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा अहिले समान्यतया मौसम सफा रहेको छ ।



    देशभर मनसुनी वायुको प्रभाव रहेकोले दिउँसोपछि बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना छ । आज वाग्मती र प्रदेश १ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लामो समय पानी पर्ने सम्भावना छैन । अबको तीन दिन देशका धेरै ठाउँमा बादल लागेर सामान्यदेखि मध्यम पानी परे पनि निरन्तर लामो समय ठूलो पानी पर्ने सम्भावना छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार