Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेदरल्याण्ड्स र बेल्जियम युरोकपको नकआउट चरणमा

    नेदरल्याण्ड्स र बेल्जियम युरोकपको नकआउट चरणमा

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असार २०७८
  • 3.1K
    SHARES

    एजेन्सी । नेदरल्याण्ड्स र बेल्जियम युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्सले अन्तिम १६ मा स्थान बनाएको हो भने बेल्जियम डेनमार्कलाई २–१ गोलले हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो ।

    नेदरल्याण्ड्सको जितमा खेलको ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डुम्फ्रिजले ६७ औं मिनेटमा गोल गरे । समूह सी को गएराति नै भएको अर्को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोलले हराएको छ। यो समूहमा नेदरल्याण्ड्सको ६ अङ्क रहेको छ भने युक्रेन र अस्ट्रियाको तीन तीन अङ्क छ । अङ्कविहीन रहेको नर्थ म्यासेडोनिया युरोकपबाट लगभग बाहिरिएको छ ।
    यसैगरी बेल्जियमले गएराति भएको अर्को खेलमा डेनमार्कलाई २–१ गोलले हरायो । खेलको दोस्रो मिनेटमै युसुफ पाउल्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए पनि जितका लागि पर्याप्त भएन ।



    बेल्जियमका थोर्गन हजार्डले ५४ र केभिन डि ब्रुइनले ७० औं मिनेटमा गोल गरे । हारसँगै अङ्कविहीन रहेको डेनमार्कको अघिल्लो चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ । समूह बी मा बेल्जियमको ६ तथा रुस र फिनल्यान्डको तीन तीन अङ्क छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार