Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • युरोकप फुटबलमा आज तीन खेलहरु हुँदै

    युरोकप फुटबलमा आज तीन खेलहरु हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असार २०७८
  • 3K
    SHARES

    एजेन्सी । युरोपको विभिन्न सहरहरुमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज पनि तीन खेलहरु हुँदैछन् ।

    आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।



    यस्तै, दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्ने छन् । यी दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।



    समूह ‘डी’ मा रहेको क्रोएसिया पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १-० गोल अन्तरले पराजित भएको थियो।

    यसैगरी, आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

    समूह ‘डी’ को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार