Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

असरवादी गठबन्धनको सरकारलाई विश्वासको मत दिन सकिदैन : पृथ्वीसुब्बा गुरुङ

कास्की । गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल एमालेका नेता एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विपक्षी गठबन्धनको सरकारलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।

आज प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिन राखेको प्रस्तावबारे बोल्दै गुरुङले सफल कार्यकालको शुभकामना दिएपनि विश्वासको मत दिन नसक्ने स्पष्ट पार्दै भने, ‘मुख्यमन्त्रीजी गण्डकी प्रदेशसभाकै पाको, लोकतान्त्रिक आन्दोलनमा योगदान गरेको र शालीन व्यक्तित्व हुनुहुन्छ । व्यक्तिगतरूपमा उहाँ असल भएपनि अवसरवादी गठबन्धन सरकारको नेतृत्व गरेकाले विश्वासको मत दिन नसक्ने स्पष्ट पार्छु’, गुरुङले भने ।

यस्तै, नेता गुरुङले ‘निरपेक्ष समर्थन वा निरपेक्ष विरोधको पक्षमा आफूहरु नरहेको भन्दै सरकारले जनताको पक्षमा काम गरोस् भन्नेमा रहेको बताए  । तर, गलत बाटोमा हिड्नुभयो भने हाम्रो झगडा पर्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077