Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मुख्यमन्त्री पोखरेलले पाए विश्‍वासको मत

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।

आज प्रदेशसभामा मुख्यमन्त्री पाेखरेलले विश्वासकाे मत पाउँ भनी गरेको प्रस्ताबमा उनकाे पक्षमा ३१ मत परेकाे सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराए ।

यसैगरी विश्वासकाे मतकाे विपक्षमा २७ मत प्राप्त भएकाे छ । प्रदेश सभामा सभामुखसहित ५९ जना सहभागी थिए । ५८ जनाले पक्ष र विपक्षमा मतदान गरेका थिए ।

यसअघि नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ्ले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।

मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077