Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गण्डकी प्रदेश

    मुख्यमन्त्री पोखरेलले पाए विश्‍वासको मत

    मुख्यमन्त्री पोखरेलले पाए विश्‍वासको मत

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असार २०७८
  • 2.1K
    SHARES

    कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।

    आज प्रदेशसभामा मुख्यमन्त्री पाेखरेलले विश्वासकाे मत पाउँ भनी गरेको प्रस्ताबमा उनकाे पक्षमा ३१ मत परेकाे सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराए ।



    यसैगरी विश्वासकाे मतकाे विपक्षमा २७ मत प्राप्त भएकाे छ । प्रदेश सभामा सभामुखसहित ५९ जना सहभागी थिए । ५८ जनाले पक्ष र विपक्षमा मतदान गरेका थिए ।



    यसअघि नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ्ले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।

    मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार