Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • अर्जेन्टिना क्वार्टरफाइनल नजिक, उरुग्वे पराजित

    अर्जेन्टिना क्वार्टरफाइनल नजिक, उरुग्वे पराजित

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 4.3K
    SHARES

    काठमाडौं। कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले आफ्नो पहिलो जित निकालेको छ। स्टेडियो नासिओनल डी ब्रसिल्लामा सम्पन्न  खेलमा अर्जेन्टिनाले उरुग्वेमाथि १-० को जित हासिल गरेको हो।

    निकै प्रतिस्पर्धात्मक खेलमा १३ औं मिनेटमा नै अर्जेन्टिनाले अग्रता बनाएको थियो। कप्तान लियोनल मेस्सीको पासमा गुइडो रोड्रिगेजले गरेको उक्त गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो।



    अर्जेन्टिनालाई जित दिलाउनका लागि १३ मिनेटमै गुडो रोड्रिग्वेजले निर्णायक गोल गरे । त्यसपछि भने खेल खासै जम्न सकेन । अर्जेन्टिनाका ३ खेलाडीले तथा उरुग्वेका २ खेलाडीले पहेंलो कार्ड खाए ।



    जितसँगै अर्जेन्टिना समूह ‘बी’को शीर्षस्थानमा उक्लिएको छ। पहिलो खेलमा चिलीसँग १-१ को बराबरी खेलेको अर्जेन्टिनाले ४ अंक जोडेको छ।  अर्को खेलमा चिलीले बोलिभियालाई हराउँदै समान ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ।

    अर्को समूहबाट आयोजक ब्राजिल दुवै खेल जितेर क्वार्टरफाइनलमा पुगिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार