Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • डीआइजी सरुवा प्रकरण : गृहसचिव र आईजीपीको सूचीलाई बालुवाटारको अँकुश

    डीआइजी सरुवा प्रकरण : गृहसचिव र आईजीपीको सूचीलाई बालुवाटारको अँकुश

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 3.7K
    SHARES

    काठमाडौं  गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवाको तयारी गरेको छ । हाल प्रदेश प्रहरी प्रमुख रहेका सात जना र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख रहेको डिआईजीहरुको एकबर्षे कार्यकाल करिब पूरा हुन लागेपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवाको तयारी गरेको हो ।

    तर, डीआइजीहरुको सरुवा नगर्दै आइजीपी सचिवालयबाट आफुखुसी बनाएको सूचना चुहिएपछि गृहदेखि बालुवाटारसम्म हँगामा मच्चिएको छ । सरुवामा गृहसचिव महेश्वर न्यौपानेसँग सल्लाह नै गरेर आइजीपी शैलेश थापा क्षेत्रीले सूची बनाएको वताइए पनि अन्तिममा बालुवाटारबाटै केही नामहरु हेरफेर गर्न निर्देशन आएपछि सरुवा प्रक्रिया लम्बिएको छ।  गृहमन्त्रालय उच्च स्रोतले भने  आफ्ना ‘हनुमान’हरु कार्यक्षमतामा कमजोर भए पनि राम्रो ठाउँमा पठाउन आइजीपी क्षेत्रीले भित्रभित्रै सूची सार्वजनिक गरेर मिडिया ट्रायल गरेको दाबी गरेको छ।



    आइजीपी सचिवालयबाट सूचना लिक भएपछि बिहीबार वा शुक्रबार हुने भनिएको डीआइजी सरुवा अलपत्र परेको छ । सूची लिक भएपछि सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा पुनस्र्थापना सम्बन्धी रिटको फैसलासम्म प्रतिक्षा गर्नेबारेमा पनि छलफल भइरहेको छ ।



    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा मुकुन्द आचार्य, रवीन्द्र धानुक विशेष ब्यूरो, धीरजप्रताप सिंह महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) , २ नम्बर प्रदेशमा  दिवेश लोहनी, अख्तियारमा बसन्तकुमार लामा, १ नम्बर प्रदेशमा सहकुल थापा , लुम्बिनी प्रदेशमा अरुणकुमार बीसी , उत्तम सुबेदीलाई साइबर व्युरो वा सचिबालय, बागमती प्रदेशमा पुरुषोत्तम कँडेल, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, कर्णाली प्रदेशमा गणेश ऐर र सुदूरपश्चिम प्रदेशमा देबबहादुर बोहोराको नाम सिफारिस भएको सूचना बाहिरिएको थियो।

    प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले डीआइजीको सरुवा गर्ने भए पनि गृहसचिव महेश्वर न्यौपाने र आइजीपी शैलेश थापा क्षेत्रीका छुट्टाछुट्टै सूचीलाई बालुवाटारबाटै अन्तिममा अंकुश लगाइएपछि सरुवामा बिलम्ब भएको स्रोत बताउँछ ।

    स्रोतका अनुसार गृहसचिव महेश्वर न्यौपानेले मुकुन्द आचार्य र अरुणकुमार बीसीलाई सरुवामा बढी स्वार्थ राखेका छन् आइजीपी क्षेत्रीले पुरुषोत्तम कँडेल , प्रकाशजंग कार्की, प्रकाश अधिकारी र गणेश ऐरलाई बढी प्राथमिकतामा राखेका छन्।

    तर, यि चारै जना कार्यक्षमतामा अब्बल मानिदैनन्। आचार्य पनि कमान्डिङमा राम्रो मानिदैनन्। त्यस्तै, सहकुल थापा  गृहसचिव  न्यौपाने र आइजीपी  क्षेत्री दुबैको सूचीमा परेका छन् । अरुणकुमार बीसी अख्तियार प्रमुख प्रेमकुमार राईको पनि प्राथमिकतमा छन्।

    गृहसचिव न्यौपाने र आइजीपी क्षेत्रीको सूची लगभग मिल्दोजुल्दो भए पनि गृहमन्त्रीले भने खासै स्वार्थ राखेका छैनन्।

    स्रोतका अनुसार बालुवाटारबाट सीआईबी, एक नम्वर, लुम्बिनी र बागमती प्रदेशमा नयाँ नामको  निर्देशन आएपछि हनुमानहरुलाई ठाउँ दिने आइजीपीको योजनामा धक्का लाग्ने देखिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार