Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कांग्रेसमा दोस्रो पुस्ताले नपाउने भए अवसर, फेरि पनि सभापतिमा देउवा नै उम्मेदवार

    कांग्रेसमा दोस्रो पुस्ताले नपाउने भए अवसर, फेरि पनि सभापतिमा देउवा नै उम्मेदवार

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसभित्र दोस्रो पुस्ताले नेतृत्व गर्ने अवसर पाउनुपर्ने आवाट अधिवेशनैपिच्छे उठ्ने गरेका छन् । तर, अहिलेसम्म दोस्रो पुस्ताका नेताले पार्टी हाँक्ने अवसर भने पाएका छैनन् । हुनत चुनावमा परिजित भएपछि कसरी पाउनु र ?

    नेपाली कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । अबको महाधिवेशनपछि चाहिं दास्रो पुस्ताका नेताले पार्टी हाँक्ने आश कांग्रेसी कार्यकर्ताहरुमा छ । तर, महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर आफू फेरि पनि सभापतिमा दोहोरिने बताएपछि दोस्रो पुस्ताका नेताहरुमा निराशा छाइसकेको छ ।



    देउवाले आज आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर आफ्नै घरमा बोलाएर छलफल गरेका हुन् । देउवाले प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताएका हुन् ।



    बैठकमा सहभागी एक केन्द्रीय सदस्यले देउवाको भनाइ उद्धृत गर्दै भने–‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं । अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’

    साथै देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको पनि बताए । छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत सहभागी थिए । देउवाले महाधिवेशनमा आफूले जित्ने गरी काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए । सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार