Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • २,४०१ जना संक्रमित थपिदा, ३,६६० जना संक्रमणमुक्त ३४ जनाको मृत्यु

    २,४०१ जना संक्रमित थपिदा, ३,६६० जना संक्रमणमुक्त ३४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार ११ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १० जनाको पीसीआर र ७१३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।



    योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख १९ हजार ६३५ (पीसीआर) र २५ हजार ५७४ (एन्टिजेन) जना पुगेको छ । त्यस्तै हालसम्म ५ लाख ५३ हजार ३४२ जना संक्रमण मुक्त भएका छन् भने मृतकको कुल संख्या ८ हजार ६७५ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार