Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हेलम्बुमा १५० परिवार विस्थापित, २३ अझै बेपत्ता

    हेलम्बुमा १५० परिवार विस्थापित, २३ अझै बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 1.8K
    SHARES

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बाढीबाट १५० परिवार विस्थापित भएका छन् । बाढीका कारण २३ जना बेपत्ता छन् ।

    हेलम्बु गाउँपालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार बेपत्ता हुनेमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत छन् । गाउँपालिकाले बेपत्ता हुनेको संख्या बढ्न सक्ने जनाएको छ ।



    हेलम्बु गाउँपालिका १ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोले खोला थुनिएको थियो । पछि थुनिएको खोला फुटेपछि बाढी आएको हो । गाउँपालिका भित्र चार मोटरेबल पुल र ६ झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।



    यस्तै करीब ८ किलोमिटर सडक बगाएको गाउँपालिकाले जनाएको छ । बाढीबाट हेलम्बु गाउँपालिकाको १ सबैभन्दा बढी प्रभावित छ । एक सयभन्दा बढी घर टहरा बाढीले बगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार