Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • युरो कप : जर्मनीले पोर्चुगललाई ४–२ गोलले हरायो

    युरो कप : जर्मनीले पोर्चुगललाई ४–२ गोलले हरायो

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । युरोकप फुटबलमा गएराति जर्मनीले पोर्चुगललाई ४–२ गोलअन्तरले हराएको छ । पोर्चुगलका दुई खेलाडीले जर्मनीका लागि दुई आत्मघाती गोल गरेका थिए । जर्मनीको म्युनिखमा भएको खेलमा पाहुना टोली पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले पहिलो गोल गरे ।

    तर यसपछि जर्मनीले लगातार चार गोल ग¥यो । उसका लागि काइ हाभर्ट्ज र रोबिन गुसेन्सले एक एक गोल गर्दा पोर्चुगलकै डिफेन्डरहरु रुबेन डियास र राफेल गुरेरोले दुई आत्मघाति गोल गरेका हुन् ।



    ६७ औं मिनेटमा डिएगो योटाले एक गोल थपेपनि पोर्चुगललाई हारबाट जोगाउन सकेनन् । यो जितपछि समुहको दोस्रो स्थानमा उक्लिएको जर्मनीले अर्को चरणमा प्रवेश गर्ने सम्भावना जिवित राख्दा पोर्चुगल तेस्रो स्थानमा झरेको छ ।



    जर्मनी र पोर्चुगल दुवैको समान ३–३ अंक छ । ४ अंक जोडेको फ्रान्स शिर्ष स्थानमा छ । हिजोको खेलमा फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुप¥यो ।

    युरोकप फुटबलकै अर्को खेलमा स्पेन र पोल्याण्डले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा स्पेनका लागि अल्भारो मोराटाले पहिलो गोल गर्दा पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काएका हुन् ।

    युरोकप फुटबलमा आजदेखि समुहका अन्तिम चरणका खेलहरु सुरु हुँदैछन् । आज राति पौने १० बजे समुह ए का दुई खेल हुनेछन् ।

    राउण्ड अफ सिक्सटिनमा पुगिसकेको इटालीले वेल्ससँग तथा स्वीट्जरल्याण्डले टर्कीसित खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार