Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ८ सयले घट्यो सुनको मूल्य

    ८ सयले घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । साताको पहिलो दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    गत साताको बुधबारदेखि लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज पनि तोलामा ८ सय रुपैयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    महासंघक अनुसार शुक्रबार प्रतितोला ९० हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।



    यसैगरी आज चाँदीको मूल्य घटेर तोलाको १ हजार २ सय ९० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार