Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सिन्धुपाल्चोकका बाढीपीडितलाई करिश्माद्वारा एकलाख सहयोग, सहायताका लागि गरिन् यस्तो आग्रह

    सिन्धुपाल्चोकका बाढीपीडितलाई करिश्माद्वारा एकलाख सहयोग, सहायताका लागि गरिन् यस्तो आग्रह

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले सिन्धुपाल्चोकका बाढीपीडितका लागि राहतस्वरुप एकलाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छिन्।

    आज बाढी प्रभावितलाई सघाउन बरिष्ठ अभिनेता कृष्ण मल्ल संयोजकत्वमा गठित कलाकारको समितिलाई अभिनेत्री करिश्माले सहायता उपलब्ध गराउने बताएकी हुन् ।



    अभिनेत्री मानन्धरले सामाजिक संजाल फेसबुकमार्फत आफू जस्तै अन्य कलाकारलाई पनि खडा गरिएको कोषमा सहयोग गर्न आग्रह गरेकी छिन् ।



    उनका अनुसार संकलन हुने रकम १० गते आयोजना हुने कार्यक्रममा बाढी पीडितलाई प्रदान गरिने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार