Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भारतीय दुताबास धाउने डिआईजीको म्याद थप गराउन आईजीपी नै सक्रिय !

    भारतीय दुताबास धाउने डिआईजीको म्याद थप गराउन आईजीपी नै सक्रिय !

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 4.5K
    SHARES

    सशस्त्रका आइजीपी शैलेन्द्र खनाल र डिआईजी प्रवीणकुमार श्रेष्ठ

    काठमाडौं । सशस्त्र प्रहरी बलमा आईजीपीका दाबेदार अबकास पाउन लागे भनेर प्रचारमा ल्याइएका  डिआईजी प्रवीणकुमार श्रेष्ठ म्यादथपका लागि चलखेलमा जुटेका छन्। सशस्त्रका आइजीपी शैलेन्द्र खनालका विश्वासपात्र डिआईजी श्रेष्ठ म्यादथपका लागि सरकारमाथि दबाब दिन मिडियाबाजीमा उत्रिएको स्रोत वताउँछ।

    सशस्त्रका आइजीपी शैलेन्द्र खनालका विश्वासपात्र डिआईजी आइजीपी खनालले श्रेष्ठलाई प्रदेश नम्बर २ को डीआइजीबाट स्टाफ कलेज, पशुपति बाहिनी, प्रवक्ता हुँदै सुदूरपश्चिमको बाहिनीपति बनाए । प्रदेश नम्बर २ मा हुँदा रासन काण्ड लागेका र असई दीपेन्द्र झासहितको घुमुवा टोली परिचालन गरी तस्करीको लाइन चलाएर अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेका श्रेष्ठको म्यादथप गर्न आइजीपी खनाल नै लागेका छन् ।



    यसअघि डीआइजी सूरज श्रेष्ठको म्यादथप गर्न खोजे पनि असफल भएका आइजीपी खनाल विश्वासिला डीआइजी श्रेष्ठलाई म्यादथपका लागि एक महिनादेखि लाग्दैआएका छन् । खनालले म्यादथप गराउन नसक्ने देखिएपछि मिडियाबाजी गर्न लगाएको बुझिएको छ ।



    असार ९ मा डीआइजीको पदावधिका आधारमा अवकाश हुन लागेका श्रेष्ठलाई सोमबार बस्ने मन्त्रिपरिषद बैठकले म्यादथप गर्नुपर्ने हुन्छ । सोमबार म्याद नथपिए उनी अवकाश हुनेछन् । उनीपछिका डीआइजी राजु अर्याल, नारायणदत्त पौडेल र सीपी गौतममध्ये एक आइजीपी हुनेछन् । म्याद थप भएमा श्रेष्ठ २ बर्ष आइजीपी हुनेछन् ।

    डीआइजी श्रेष्ठ कूटनीतिक आचारसंहिताविपरीत गोप्यरुपमा भारतीय दूताबास गएको गाडी नम्बर सहित सार्वजनिक भएको थियो । सरकारसँग अनुमति नलिई ६ मंसिर २०७६ मा बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर उनी लौनचौरस्थित भारतीय दूताबास पुगेका थिए ।

    डीआइजी श्रेष्ठमाथि अनुशासनको कारबाही गर्न सरकारले निर्देशन दिए पनि आइजीपी खनालले उनलाई पुरस्कृत गरी सचिवालय र प्रवक्ताको जिम्मा दिएनन् २ नम्बर प्रदेशको बाहिनीपति पनि बनाए । यसले पनि भारतीय दूताबासको प्रभाव सशस्त्र प्रहरीमा कति परेको छ भन्ने कुराको पुष्टी हुन्छ ।

    त्यसो त बेलाबखत सिभिल गाडी लिएर आइजीपी शैलेन्द्र खनाल पनि भारतीय दूताबासमा पुग्ने गरेको सार्वजनिक भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार