Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मेलम्ची हेलम्बु सडक सञ्चालनमा

    मेलम्ची हेलम्बु सडक सञ्चालनमा

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 5K
    SHARES

    फाइल तस्बिर

    सिन्धुपाल्चोक । असार १ गते आएको बाढीले विच्छेद गराएको मेलम्ची हेलम्बुको सडक मार्ग सञ्चालनमा आएको छ । मेलम्ची नगरपालिका ११ सिमखेतमा बाढीले सडक कटान गर्दा हेलम्बु सडक अवरुद्ध बनेको थियो ।

    सिमखेतमा मोटर बाटो सञ्चालनमा आएसँगै हेलम्बु गाउँपालिकाको गणेशे बगरसम्म गाडी जान सक्ने भएको छ ।



    हेलम्बु गाउँपालिकाको धेरै ठाउँमा बाढीले सडक बिगारेपछि बन्द भएको थियो । मेलम्ची खोलाको सिमखेत, चनौटे बजारको रातोपुल, चनौटेभन्दा पाँच सय मिटरमाथि पनि सडक खोलाले कटान गरेको छ ।



    यस्तै भूमेश्वरी विद्यालयभन्दा पाँच सय मिटरमाथि र गाउँपालिकाको कार्यालयभन्दा माथिका धेरै ठाउँमा बाढीले सडक कटान गरेको छ । मेलम्ची नगरपालिकाको ७, ८, ९, १० तथा इन्द्रावती गाउँपालिका, पाँचपोखरी थाङ्गपाल गाउँपालिकासँगको सडक मार्ग बन्द भएको छ ।

    पाँचपोखरी थाङ्गपाल गाउँपालिकाको पनि केही ठाउँमा बाढीले सडक कटान गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार