Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • युरोकपः स्वीट्जरल्याण्डको नकआउट चरण पुग्ने सम्भावना कायमै

    युरोकपः स्वीट्जरल्याण्डको नकआउट चरण पुग्ने सम्भावना कायमै

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 2K
    SHARES

    एजेन्सी । युरोकप फुटबल अन्तर्गत आइतबार राति भएको समूह ए अन्तर्गतको खेलमा स्वीट्जरल्याण्ड विजयी भएको छ । जितसँगै उसको नकआउट चरण पुग्ने सम्भावना कायमै रहेको छ ।

    टर्कीमाथि ३–१ को जित निकालेको स्वीट्जरल्याण्ड समूहको तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना छ । स्वीट्जरल्याण्डका लागि जेर्डान शाक्वीरीले दुई तथा हारिस सेफरोविचले एक गोल गरे । सेफरोविचले खेलको छैटौँ मिनेटमा गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाए ।



    शाक्वीरीले खेलको २६ र ६८ औँ मिनेटमा गोल गरे । टर्कीका लागि काहवेचीले खेलको ६२ औँ मिनेटमा सान्त्वना गोल गरेका थिए ।



    समूह ए बाट इटाली र वेल्स नकआउट चरणमा प्रवेश गरेका छन् । स्वीट्जरल्याण्ड अघिल्लो चरण पुग्ने नपुग्ने निर्णय समूह चरणका खेल सकिएपछि थाहा हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार