Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सरुवा खेतीमा कर्मचारी, कामै छाडेर सिंहदरबारमा

    सरुवा खेतीमा कर्मचारी, कामै छाडेर सिंहदरबारमा

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी फुटाएर केपी ओली सरकारमा सामेल भएका राजेन्द्र महतो सहितका ११ मन्त्रीकोमा अहिले सरुवा गराउने बिचौलियाहरुको भिड लाग्ने गरेको छ ।

    कार्यालयको कामै छाडी केही कर्मचारीहरु जसपाले सम्हालेका मन्त्रालयहरुमा आकर्षक र घुस खाने कार्यालयमा सरुवा गराइदिउँला भन्दै रकमको मोलतोल गर्न थालेको खबर छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबार प्रवेश बिन्दुको सीसीटिभी क्यामेरा चेक गर्ने हो भने त्यस्ता बिचौलिया कर्मचारीहरुको जसपाले सम्हालेका ११ वटा मन्त्रालयमा मोलतोल गरिरहेको देखिने छ ।
    यस्तै मोलतोल गर्दै हिंडेका मध्येका एक हुन् नापी अधिकृत विजय सिंह । कलंकी नापी कार्यालयमा ४ वर्ष, चावहिल नापी कार्यालयमा ३ वर्ष, ललितपुर नापी कार्यालयमा सर्वेक्षक पदमा कार्यरत हुँदाहुँदै नापी अधिकृतमा बढुवा भएर त्यहीं पदस्थापन भएका सिंह अहिले उपत्यका बाहिरका जिल्लाका कर्मचारीहरुसँग मोलतोलमा व्यस्त हुने गरेका छन् । सिंहदरबारका मन्त्रालय मन्त्रालय चाहर्दै मन्त्रीको नाम लिँदै उनी काठमाडौंमा सरुवा गराइदिन्छु भन्ने गर्दछन् ।



    काठमाडौं बाहिरका जिल्लामा कार्यरत नापीका सर्वेक्षक र नापी अधिकृतहरुलाई उनले भूमिव्यवस्था मन्त्री लक्ष्मणलाल कर्णको नाम बद्नाम गर्दै मोलतोल गर्ने गरेको कर्मचारी स्रोतले बतायो । उनले ललितपुरका नापीका प्रमुख नारायण रेग्मीलाई समय नपुग्दै आफूहरुले भनेबमोजिम काम नगर्दा सरुवा गराइदिएको उदाहरण दिँदै कर्मचारीलाई आफूले भनेबमोजिम दररेटको घुस दिएमा रोजेको कार्यालयमा सरुवा गराइदिन्छु भन्ने गर्दछन् ।



    नापीको अमिनबाट सेवा प्रवेश गरेका महोत्तरीका सिंहले चावहिलमा भव्य दरबार बनाएका छन् । यसका अलावा उपत्यकाका नापी कार्यालयमा कार्यरत रहँदा सार्वजनिक जग्गा दर्तादेखि विभिन्न विवादित जग्गा दर्ता गरी धेरै ठाउँमा जग्गा जोडेको आरोप छ । अख्तियारले यस्ता अकुत सम्पत्ति आर्जन गर्नेहरुको बारेमा पनि अनुसन्धान गरेमा सुशासन कायम गर्न मद्दत पुग्ने भूमिव्यवस्था मन्त्रालयका अधिकारी बताउँछन् । यस्ता कर्मचारीका कारण मन्त्रीहरुसमेत बद्नाम हुने भएकाले सतर्क हुन जरुरी छ । साँघु साप्ताहिकबाट

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार