Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गण्डकीका मुख्यमन्त्रीलाई सरकार विस्तार गर्नमा सकस, मनाङेसहितको भागबण्डामा अन्यौल

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तारमा सहयोग गर्ने दलहरुको चित्त बुझाउन नसक्दा सरकार विस्तार गर्न सकेका छैनन् ।

तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलको नेताका रुपमा पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले गत शुक्रबार विश्वासको मत लिएका थिए ।

यसअघि पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएकै दिन कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ 'दीपक मनाङे' नियुक्त नियुक्त गरेका थिए ।

तर, सहयोगी दललाई कुन र कति मन्त्रालय दिने भन्ने विषयमा सहमति नजुट्दा नियुक्त भएका चार मन्त्रीलेसमेत जिम्मेवारी पाएका छैनन् भने अन्य मन्त्री पनि नियुक्त भएका छैनन् ।

गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेपछि चार राजनीतिक दल मिलेर गठबन्धन सरकार गठन भएको हो ।

दलहरुबीचको सहमति अनुसार सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको भागमा मुख्यमन्त्रीसहित चार मन्त्रालय भागमा परेको छ । माओवादी केन्द्रको भागमा पनि चार मन्त्रालय परेको छ भने जसपाको भागमा दुई मन्त्रालय परेको छ । स्वतन्त्र सांसद दिपक मनाङे मन्त्री नियुक्त भइसकेका छन्।

अझै नेपाली कांग्रेस र माओवादी केन्द्रबाट तीन–तीन जना र जसपाबाट एकजना मन्त्री नियुक्त हुन बाँकी रहेका छन् । जसपाका दुई जना मात्रै सांसद रहेकाले कुनै समस्या छैन् तर, माओवादी र कांग्रेसलाई पार्टीभित्रै भागबण्डा मिलाउन सकस परेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077