Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गण्डकीका मुख्यमन्त्रीलाई सरकार विस्तार गर्नमा सकस, मनाङेसहितको भागबण्डामा अन्यौल

    गण्डकीका मुख्यमन्त्रीलाई सरकार विस्तार गर्नमा सकस, मनाङेसहितको भागबण्डामा अन्यौल

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 1.6K
    SHARES

    कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तारमा सहयोग गर्ने दलहरुको चित्त बुझाउन नसक्दा सरकार विस्तार गर्न सकेका छैनन् ।

    तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलको नेताका रुपमा पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले गत शुक्रबार विश्वासको मत लिएका थिए ।



    यसअघि पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएकै दिन कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ नियुक्त नियुक्त गरेका थिए ।



    तर, सहयोगी दललाई कुन र कति मन्त्रालय दिने भन्ने विषयमा सहमति नजुट्दा नियुक्त भएका चार मन्त्रीलेसमेत जिम्मेवारी पाएका छैनन् भने अन्य मन्त्री पनि नियुक्त भएका छैनन् ।

    गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेपछि चार राजनीतिक दल मिलेर गठबन्धन सरकार गठन भएको हो ।

    दलहरुबीचको सहमति अनुसार सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको भागमा मुख्यमन्त्रीसहित चार मन्त्रालय भागमा परेको छ । माओवादी केन्द्रको भागमा पनि चार मन्त्रालय परेको छ भने जसपाको भागमा दुई मन्त्रालय परेको छ । स्वतन्त्र सांसद दिपक मनाङे मन्त्री नियुक्त भइसकेका छन्।

    अझै नेपाली कांग्रेस र माओवादी केन्द्रबाट तीन–तीन जना र जसपाबाट एकजना मन्त्री नियुक्त हुन बाँकी रहेका छन् । जसपाका दुई जना मात्रै सांसद रहेकाले कुनै समस्या छैन् तर, माओवादी र कांग्रेसलाई पार्टीभित्रै भागबण्डा मिलाउन सकस परेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार