Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एमाले विवाद : ‘एकताको खिचडी पाक्ने हो-होइन, चुल्हो धुवाँएको पनि देखिएन’

    एमाले विवाद : ‘एकताको खिचडी पाक्ने हो-होइन, चुल्हो धुवाँएको पनि देखिएन’

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टी विवादमा भएको एकताको प्रयासलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

    नेता बाँस्कोटाले एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो ? भन्दै सामाजिक संजालमार्फत् प्रश्न समेत गरेका छन्।



    पछिल्लो समय नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको आन्तरिक द्वन्दका कारण पार्टी फुटको संघारमा पुगेको छ। तर , पार्टीलाई एकढिक्का गर्नु पर्ने भन्दै पार्टीकै दोस्रोतहका नेताहरु लागिपरेको बेला पूर्वमन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् ,



    ट्वीटरमा उनले लेखेका छन्, ‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो ? खिचडी पाक्ने त हो-होईन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन ।अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने। त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार