Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • युरो कप : नेदरल्याण्ड्स र बेल्जियम समूह विजेता

    युरो कप : नेदरल्याण्ड्स र बेल्जियम समूह विजेता

    अनलाइन नेपाल
  • मंगलबार, ८ असार २०७८
  • 2K
    SHARES

    एजेन्सी । नेदरल्याण्ड्स र बेल्जियम युरोकप फुटबलको समूह विजेता बनेका छन् ।
    समूह चरणको खेलमा बेल्जियमले शतप्रतिशत जित निकालेको छ । गएराति भएको खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोलले हरायो । उसका लागि रोमलु लुकाकुले एक गोल गरे भने फिनल्यान्डका लुकास राडेक्सीले आत्मघाती गोल गरे ।

    जितसँगै बेल्जियम तीन खेलमा ९ अङ्कका साथ समूह विजेता बनेको छ ।
    यस्तै नेदरल्याण्ड्स पनि समूह विजेता बनेको छ । गएराति भएको खेलमा नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियालाई ३–० गोलले हरायो । उसका लागि कप्तान जर्जिनियो विनाल्डमले दुई र मेम्फिस डिपेले एक गोल थपे । नेदरल्याण्ड्सले समूह चरणका सबै खेल जित्दै नौ अङ्क जोडेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार