Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मन्त्रिपरिषदको माइन्युट नै सच्याएर मुख्यसचिवले सशस्त्रका डिआईजी श्रेष्ठको म्याद थपे !

    मन्त्रिपरिषदको माइन्युट नै सच्याएर मुख्यसचिवले सशस्त्रका डिआईजी श्रेष्ठको म्याद थपे !

    अनलाइन नेपाल
  • मंगलबार, ८ असार २०७८
  • 4.2K
    SHARES

    काठमाडौं। सशस्त्र प्रहरी बलको सुदूरपश्चिम हेर्ने डीआईजी प्रवीण श्रेष्ठको म्याद हिजो साँझको क्याबिनेटले नथप्ने निर्णय गरेपनि आज मुख्यसचिवले हस्ताक्षर गरेको माइन्युटमा थपिएको छ ।

    आज मध्यरातबाट स्वतः अवकाश पाउने अवस्थामा रहेका श्रेष्ठको जागिर सकिनु पाँच घण्टाअघि म्याद थपेका कारण अब उनी स्वतः सशस्त्र प्रहरीको आगामी महानिरीक्षकको लाइनमा बसेका छन् ।



    हिजो साँझ बालुवाटारमा साढे सात बजेसम्म बसेको क्याबिनेट बैठकले डीआईजी श्रेष्ठको म्याद थप्ने प्रस्तावलाई पारित गरेको थिएन । क्याबिनेटले म्याद नथपेको कुरो थाहा पाएपछि हिजोसम्म वनमन्त्री रहेका नारदमुनी राना र विघटित प्रतिनिधिसभाकी सांसद निरु पालले श्रेष्ठलाई लिएर तत्काल बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेका थिए ।



    श्रेष्ठको म्याद थपको लागि मन्त्रीपरिषद् बैठकको निर्णयमा मुख्यसचिवले दस्तखत नगरुञ्जेल थपघट गर्न सकिने अवस्था हुन्छ । त्यहि अवस्थालाई मध्यनजर गर्दै राना र पालले अन्तिम पटक उक्त कोशिस गरेका हुन् । जुन आज साँझ सफल भएको छ ।

    आज अदालतको आदेशपछि निवर्तमान बनेका मन्त्री राना कैलाली र निरु पाल कञ्चनपुरका हुन् ।

    यसअघि सुदूरपश्चिमकै सशस्त्रका पूर्व डीआईजी सुरज श्रेष्ठको समेत क्याबिनेटले म्याद थपेको थिएन । उनी अवकाश पाएर घर गइसकेका छन् । उनी पनि यसैगरी म्याद थपेको भए स्वतः आईजीपीको लाइनमा हुन्थे । -जनआस्थाबाट

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार